धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका १७ की ६२ वर्षीया महिलाको शनिबार ३ बजे अपरान्ह मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
प्रतिष्ठानका अनुसार संक्रमित ति महिला मृगौलासम्बन्धि समस्याबाट पीडित थिइन् ।