शुक्रबार राति घरेलु मैदानमा भएको ईङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसमाथि उल्भ्सले जित हात पारेको छ ।
एजेन्सीका अनुसार उल्भ्सले क्रिस्टल प्यालेसलाई २–० ले हराएको हो । रायल एट नुरीले डेब्यु खेलमा गोल गर्दै खेल जितेपछि उल्भ्स शीर्ष तीनभित्र पनि परेको छ ।
२१ वर्षीया फ्रान्सका लेफ्ट ब्याक यसै सिजन लोनमा उल्भ्स आएका नुरीले १८औं मिनेटमा गोल गर्दै उल्भ्सलाई अघि बढाएका थिए ।
क्यासटिलो पोडेन्सले २७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो र, उल्भ्स खेल २ ० ले जित्यो ।
गोल अन्तरका आधारमा एभर्टन शीर्ष स्थानमा छ । लिभरपुल दोस्रो स्थानमा छ । क्रिस्टल प्यालेस १० अंकसहित नवौं स्थानमा छ ।