logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
1.157K
Shares

चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिलाको विहान ९ बजेर ३२ मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएर कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा १३ गते कोरोना पुष्टि भएको थियो ।