logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता नै नआएपछि सर्‍यो सुनुवाइ ‍


अंकुरण खबर
1.313K
Shares

प्रस्तावित राजदूतविरुद्धका उजुरीकर्ता नै नआएपछि संसदीय सुनुवाइ कात्तिक २७ गतेसम्मका लागि सरेको छ ।

समितिले उजुरीकर्तालाई आजको बैठकमा बोलाएकोमा कोही पनि नआएपछि सुनुवाइ सरेको हो ।

प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन् ।

यसअघि समितिले तीन राजदूतविरुद्धका उजुरीकर्तालाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको थियो । उजुरीका लागि कात्तिक १ गतेसम्मको समय दिइएकोमा ४ उजुरी परेका थिए ।

प्रस्तावित राजदूत खतिवडाविरुद्ध ३ उजुरी परेका छन् भने एक उजुरी रेग्मीविरुद्धको छ ।