logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खान नियुक्त


अंकुरण खबर
676
Shares

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन् ।

तत्कालिन प्रमुख सचेतक सुरेन्द्र हमालले पर्याप्त समय दिन नसकेपछि खानलाई नियुक्त गरिएको जनाइएको छ । खानलाई प्रदेश संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले रुपन्देहीको लुम्बिनी क्षेत्रका सांसद खानलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रमुख सचेतक खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्ययनशील र स्पष्ट वक्ताका रुपमा परिचित रहेका छन् ।

हमालले आफू नेपालगञ्जबाट आइ समय दिनका लागि समस्या भएकाले उनकै सहमतीमा नै परिवर्तन गरिएको सचेतक निर्मला क्षेत्रीले जानकारी दिएकी छिन् ।