सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बुधबार विज्ञप्तिमार्फत सापकोताले ‘असामयिक निधनको खबरले मलाई मर्माहत बनाएको’ उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।
सापकोटाले भनेका छन्, ‘दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । माननीय कृष्णबहादुर महरा, दुई छोरा, दुई छोरी लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
सीताको उपचारको क्रममा बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको थियो।