logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वसभामुख महराकी पत्नी सीताको निधनप्रति काँग्रेसद्वारा दुःख व्यक्त


अंकुरण खबर
1.352K
Shares

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकष्ण खाणद्वारा जारी शोक विज्ञप्तिमा महराको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आत्माको चीर शान्तिको कामनाका गरिएको छ ।

काँग्रेसले शोकको यस घडीमा पूर्व सभामुख महरासहित शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट पनि गरेको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार विहान उनको निधन भएको थियो ।