logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सेनाध्यक्षको भ्रमणको विरोध गर्ने विप्लव पार्टीका दुई नेता पक्राउ


अंकुरण खबर
1.001K
Shares

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण तथा सरकारको विरोधमा प्रदर्शन गरेका दुई नेता आज काठमाडौंबाट पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा विप्लव नेकपाका जनतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधान र सक्रिय सदस्य टीकाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट पर्चा, व्यानर तथा तीनवटा मोबाइल एवम् चन्दा असुलिको कागजातसहित बरामत गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।