logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपामा सहमति प्रयासका लागि दौडधुप तीव्र, महासचिव पौडेलद्वारा अध्यक्ष दाहालसँग छलफल


अंकुरण खबर
2.847K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादमा सहमति खोज्न दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् ।

सोही क्रममा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आज विहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा छलफल गरेका छन् । पौडेल प्रधानमन्त्री ओलीको सन्देश लिएर दाहालकोमा पुगेका हुन् ।

दाहालसहितका पाँच नेताले तीन दिनभित्र सचिवालय बोलाउन माग गरेपनि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । असन्तुष्ट नेताहरुले बैठक बोलाउन दिएको समयसीमा सोमबार सकिँदैछ ।

प्रधानमन्त्री ओलीले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । हिजो उनले बरिष्ठ नेता माधव नेपाल लगायतसँग भेटेर आफुलाई सहयोग गर्न र एकता जोगाउन आग्रह गरेका थिए ।

नेता नेपालले विवादका विषयलाई पार्टी बैठकवाटै टुग्याउन सुझाव दिएका थिए । ओलीले भने बैठकमा आफु सकारात्मक भएपनि छलफल हुने विषय पहिले निर्धारण हुनुपर्ने बताउँदै आएका छन् ।