logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड निकट नेताहरु अनुपस्थित भएपछि विघटित नेकपा कार्यदलको बैठक स्थगित


अंकुरण खबर
988
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समूह अनुपस्थित भएपछि विघटित नेकपा कार्यदलको सोमबार (आज) बस्ने भनिएको बैठक स्थगित भएको छ ।

अध्यक्ष दाहाल समूहका दुई नेता पम्फा भूसाल र जनार्दन शर्मा अनुपस्थित भएपछि ६ सदस्यीय नेकपा कार्यदलको बैठक स्थगित भएको बालुवाटार पुगेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेता पाण्डेले भीम रावल, शंकर पोखरेल, विष्णु पौडेल र आफूमात्रै बालुवाटार पुगेको बताए । उनले बताएअनुसार नेता शर्मा आफू कोरोना संक्रमित भएको बताउँदै बैठकमा उपस्थित हुन नसक्ने बताएका थिए भने नेतृ भूसालले पहिले आउँछु भनेर पछि आइपुगेनन् । दुई नेता अनुपस्थित नभएपछि सामान्य छलफल मात्रै भएको र विषय प्रवेश नै नभएको नेता पाण्डेले बताए ।

यसअघि आजै बिहान अर्थमन्त्रीसमेत रहेका पौडेल प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको सन्देश लिएर प्रचण्डनिवास खुमलटार पुगेका थिए । भेटमा पौडेलले विघटित नेकपा कार्यदलले पार्टी विवादका विषयमा भेटेर छलफल गर्ने कुरा राखेको पनि बुझिएको छ ।