logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु


अंकुरण खबर
702
Shares

कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा थप एक महिलाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले जानकारी दिए ।

मधुमेह रोगबाट ग्रसित उनीको यही कात्तिक १७ गते स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । यसपछि उनी १९ गते मात्र अस्पतालमा भर्ना भएकी थिइन् ।

एक सातासम्म अस्पतालको सघन कक्षमा राखेर उनीको उपचार भइरहेको थियो । रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ ।