logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएल फाइनलमा आज दिल्ली र मुम्बई भिड्दै


अंकुरण खबर
676
Shares

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल) को उपाधि भिडन्त आज राति पौने ८ बजे हुँदैछ ।

उपाधीका लागि पहिलो पटक आईपीएल फाइनलमा पुगेको दिल्ली क्यापिटल र चार पटकको उपाधी विजेता मुम्बई इन्डियन्स भिड्ने छन् । पहिलो पटक फाइनलमा पुगेको दिल्लीका लागि यो खेल जति महत्वपूर्ण छ उपाधी जोगाउन मुम्बईका लागि उति नै प्रतिष्ठापूर्ण छ ।

पाँच पटक फाइनलमा पुगेको मुम्बईले चार पटक उपाधि जितेको छ । अनुभवका आधारमा मुम्बई दिल्लीभन्दा धेरै बलियो टिम हो। जारी सिजनमा पनि दिल्ली र मुम्बईबीच तीन खेल भइसकेका छन्।

दुई खेल लिग चरणमा भएका थिए भने एक खेल पहिलो क्वालिफायरमा भएको थियो। तर तीनै खेलमा दिल्ली पराजित भएको थियो ।

हेड टू हेडमा पनि दिल्ली कमजोर देखिन्छ। यी दुई टिमबीच अहिलेसम्म २७ खेल भएका छन्। जसमा १५ खेल मुम्बईले जितेको छ भने १२ खेल दिल्लीले जितेको छ। मुम्बई र दिल्ली सिजन सुरु हुँदा २४ खेलमा समान १२/१२ जितहार थियो।

मुम्बईले दिल्लीमाथी लगातार जित निलेपछि ऊ अघि बढेको हो।

पछिल्ला सिजनमा खराब प्रदर्शन गरिरहेको दिल्ली यो सिजमा भने उत्कृष्ट प्रदर्शन गदैं फाइनलको यात्रा तय गर्यो। तर लिग चरणको अन्तिममा लगातार चार खेल हारेर नाजुक अवस्थामा पुगेको उसले अन्तिम खेलमा बैंगलोरलाई हराएपछि मात्र शीर्ष दोस्रो स्थान सुरक्षित गर्न सफल बन्यो।

तर, लिगका अंकतालिकामा जारी सिजनका बलियो टिम दिल्ली र मुम्बई नै हुन्।

आजको खेलमा दिल्लीले जित निकाल्न सके उसले आईपीएलमा नयाँ इतिहास बनाउने छ। ऊ पहिलोपटक विजेता बन्नेछ। त्यस्तै मुम्बईले जित निकाले उसले पाचौं पटक उपाधि चुम्नेछ।

मुम्बईले २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो। यसअघिको खेलमा दिल्लविरुद्ध मुम्बईको प्रदर्शन हेर्ने हो भने मुम्बई विजेता हुने सम्भावना धेरै छ।

यता, दिल्लीलाई आजको खेल मुम्बईसँग बदला लिने अवरको रुपमा पनि हुनेछ। तर फाइनल खेलअघि मुम्बईले ६ दिनको रेस्ट पाएको छ भने दिल्लीले दुई दिनको मात्र रेस्ट पाएको छ।