logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, १ लाख ९९ हजार ७ सय ६० संक्रमित


अंकुरण खबर
533
Shares

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप २२ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेको छ। त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा २७ सय ३६ जना संक्रमित भएका छन् । योसंगै संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

आज मात्रै ८ सय ५३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।