logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै


अंकुरण खबर
754
Shares

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक लामो समयपछि आज बस्दैछ ।

महाधिवेशनको नयाँ मिति तोक्न कांग्रेस बैठक बस्न लागेको हो । कोरोना भाइरस संक्रमणका कारण फागुनमा तोकिएको १४ औं महाधिवेशन हुने सम्भावना नदेखिएपछि नयाँ मिति तोक्ने कांग्रेसको तयारी छ ।

कोरोना संक्रमण नियन्त्रण विरुद्ध सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै कांग्रेसले आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी पनि गरेको छ । कांग्रेसले संसद अधिवेशन आब्हानका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि गर्ने बताइएको छ ।

विभाग, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायतमा पार्टीभित्रका विवादका विषयमा पनि छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

शिर्ष नेताहरुको विवादका कारण कांग्रेस केन्द्रीय समिति बैठक यसअघि चारपटक स्थगित भैसकेको छ ।