logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली टोली एक वर्षपछि फुटबल प्रतियोगिता खेल्दै


अंकुरण खबर
4.121K
Shares

नेपाली राष्ट्रिय फुटबल टोली एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ।

राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

उक्त खेल नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ। नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो। नेपाल सो खेलमा कुबेतसित १–० गोलले पराजित भएको थियो ।

कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन। महामारीकै बीच बंगलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो।

नेपाल र बंगलादेशबीच अर्को मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ। दुवै देश सन् २०१८ को सेप्टेम्बरमा साफ च्याम्पियनसिपमा भिडेका थिए। उक्त प्रतियोगितामा नेपालले बंगलादेशलाई २–० गोलले पराजित गरेको थियो।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीसहित ३४ जनाको टोली हाल बंगलादेशको ढाकामा रहेको छ।