logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


अंकुरण खबर
845
Shares

लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ ।

आज अपरान्ह ४ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक सुरु भएको हो । बैठकमा छलफलका लागि कुनै ठोस एजेण्डा तय नभएको स्रोतले जनाएको छ ।

तर, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपीशर्मा ओलीको कार्यशैली र पूर्व सहमतिको पालना नगरेको विषय जोडदार रुपमा उठाउने तयारी गरेका छन् ।

त्यसका लागि अध्यक्ष प्रचण्डसहितका नेताहरु आफ्नो रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका थिए ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसहितका बहुमत सचिवालय सदस्यहरू ओलीले पार्टीभित्र सल्लाह नै नगरी महत्वपूर्ण राजनीतिक नियुक्तिलाई निरन्तरता दिएपछि रूष्ट छन् ।

२६ भदौको पार्टी स्थायी कमिटी बैठक र विवाद समाधानका लागि गठित कार्यदलले दिएको म्यान्डेट विपरित ओली अघि बढिरहेपछि उनीहरुको निष्कर्ष छ ।