logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित


अंकुरण खबर
1.612K
Shares

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।

बंगलादेशलाई जित दिलाउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले एक एक गोल गरे । बंगबन्धु रंगशालामा खेल भएको थियो ।

पहिलो हाफको १० औं मिनेटमा मोहमद नाबिबले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले साद उदीनको क्रसमा वान टचमा गोल गरेका थिए । त्यसपछि खेलको ८० औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई २–० को जित दिलाए ।

नेपाल भने घरेलु टिमविरुद्ध उत्कृष्ट अवसर बनाउन चुकेको थियो। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।