कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने जानकारी गराएका हुन् । उनले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार नि:शुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार नि:शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।
कोरोनाबाट संक्रमित हुनु भएका डा गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने समेत जानकारी गराउँदछु ।— K P Sharma Oli (@kpsharmaoli) November 14, 2020