logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा छलफल


अंकुरण खबर
1.131K
Shares

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब ४ घण्टा लामो छलफल गरेका छन् ।

पार्टीभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिश गर्न प्रधामन्त्री ओलीले शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए भने आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए।

बालुवाटार स्रोतका अनुसार ओलीले नेता नेपालसँग कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक दस्तावेज फिर्ता लिन आग्रह गरेका थिए ।

साथै ओलीले नेपालसँग आफूसँग सहकार्य गर्न त्यसका लागि के गर्नुपर्ने हो तयार रहेको बताएका थिए । तर नेता नेपालले भने उक्त प्रस्ताव दाहाल एक्लैको वा आफ्नो र दाहालको मात्रै नभएर सचिवालयका पाँचै जनाको भएकाले फिर्ता गर्न नसकिने जवाफ दिएका छन् ।

प्रधामन्त्री ओलीले नेकपाभित्र चुलिएको विवादमा सचिवालयका नेताहरूलाई आफ्नो पक्षमा उभ्याउने कोशिस गर्न शुक्रबार राष्ट्रपतिसँग भेट गरेका थिए भने आइतबार बिहान पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेट गरेका थिए ।

आज बिहानै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको भेटमा उपाध्यक्ष बामदेव गौतमले पनि प्रधानमन्त्रीले आफ्नो कार्यशैली सुधार्नुपर्ने समेत सुझाव दिएका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालका तर्फबाट आएको प्रस्ताव फिर्ता लिने वातावरण बनाउन र आफूलाई सहयोग गर्न गौतमलाई आग्रह गरेका थिए। जवाफमा गौतमले कुनै नेतालाई गाली गरेर समस्याको समाधान नहुने भन्दै पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नका लागि आएको प्रस्ताव फिर्ता नहुने बताएका थिए ।