logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले भेटिन् प्रधानमन्त्री ओलीलाई


अंकुरण खबर
1.885K
Shares

सत्तारुढ दल नेकपाभित्रको विवाद उत्कर्षमा रहेका बेला चिनियाँ राजदूत हाउ यान्छीको सक्रियता पुनः बढेको छ।

उनले मंगलबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा डेढघन्टा लामो भेटवार्ता गरेकी हुन् । नेकपा भित्र देखिएको पछिल्लो विवादमा छलफल केन्द्रीत रहेको बालुवाटार स्रोतले जनाएको छ।

राजदूत यान्छी प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुलाई चासोका साथ हेरिएको छ। नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउदै आएकी छिन्।

यसअघि जेठ र असारमा चर्किएको विवादमा पनि उनको सक्रियता चर्चामा थियो। सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एकल राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद पुनः चुलिएको छ।

त्यसै विषयमा छलफल भएको बुझिएको छ। नेकपा सचिवालयको आजको बैठक रोक्नुपर्ने पक्षमा ओली समूह छ भने बहुमत सदस्य समूह बैठक कुनै पनि हालतमा बस्ने अडानमा छ।