logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली


अंकुरण खबर
2.509K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।

आज दिउँसो बस्ने नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास पुगेका हुन्।

नेकपा विवादका कार सचिवालय बैठक बस्ने नबस्ने अन्योलकाबीच उनी शितलनिवास पुगेका हुन् ।

नेकपामा विवाद चर्किइरहदा राष्ट्रपति भण्डारीको सक्रियता पनि बढेको छ। हिजो राष्ट्रपति भण्डारीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाईसमेत भेटेकी थिइन्।

प्रचण्डसँगको भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर सहमतिको प्रयास गर्न सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री ओलीले आजको सचिवालय बैठक सार्न चाहेका थिए। तर बहुमत सचिवालय सदस्यहरू भने बैठक गर्ने पक्षमा छन्। आजै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। तर ओली पनि सचिवालय बैठकमा सहभागी हुने भएका हुन् ।