logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔं : महासचिव पौडेल


अंकुरण खबर
767
Shares

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय समितिका सबैले सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् ।

अहिलेको नेतृत्वबाट पार्टी अगाडि बढ्ने संभावना नरहेको भन्दै उनले बुधबारको सचिवालय समितिको बैठकमा सामूहिक राजीनामाको प्रस्ताव गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।

पौडेलले सचिवालयका नौ जनाले नै सामूहिक राजीनामा दिएर नयाँ नेतृत्व तयार पार्नुपर्ने प्रस्ताव गरेको उनले बताए ।

‘यो टीमले पार्टीलाई अगाडि लैजान सक्दैन । नयाँ शिराबाट नेतृत्व निर्माण गर्न हामी सवैलाई सामूहिक राजीनामा दिऔं’, पौडेलको प्रस्ताव थियो ।

बुधबारको सचिवालय समितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यपरक प्रतिवेदन ल्याउने बताएका छन् ।

बुधबार बसेको सचिवालय बैठकमा आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताए । उनले आफूमाथि लागेको गम्भीर आरोपहरुको खण्डन नगरी अगाडि बढ्न नसकिने बताएका थिए ।

बैठक स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले राखेको प्रस्ताव अनुसार, दश दिनका लागि सचिवालय बैठक स्थगित गरिएको छ ।