logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुख्यमन्त्री भट्टद्वारा छठ पर्वको शुभकामना


अंकुरण खबर
1.274K
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुको महान् पर्व छठ पर्व २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका हुन्।

सन्देशमा उनले भनेका छन्, “कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उन्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई सावधानीका साथ पर्व मनाउन हुन अनुरोध गर्दछु।”

उनले छठ पर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्‍याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।