नेपाल रग्बी सङ्घ विश्व रग्बी महासङ्घको सदस्य भएको छ ।
बुधबार सम्पन्न विश्व रग्बी महासङ्घको बैठकले नेपाललाई एसोसिएट सदस्यता दिने निर्णय गरेको नेपाल रग्बी सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । एशिया रग्बी महासङ्घको सिफारिसमा नेपाललाई एसोसिएट राष्ट्रको मान्यता प्रदान गरिएको नेपाल रग्बी संघका सचिव गोबिन्द विक्रम घिमिरेले जानकारी दिए ।
गत भदौमा एशिया रग्बी महासङ्घले नेपाललाई पूर्ण सदस्यता प्रदान गर्न विश्व रग्बी महासङ्घलाई पत्राचार गरेको थियो । नेपालमा सन् २०१२ मा रग्बी सङ्घ स्थापना भएको हो ।