खेलकुद

पीएसजीको पोष्टमा मोनाकोले हान्यो तीन गोल

शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पराजित गर्दै मोनाको फ्रेन्च लिग वान फुटबलको दोस्रो स्थानमा पुगेको छ ।

लिग अन्तर्गत शुक्रबार राति घरेलु मैदानमा भएको खेलमा मोनाकोले पिएसजीमाथि ३–२ को जित दर्ता गरेको हो । पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि पिएसजीले त्यसलाई जोगाउन सकेन ।

पिएसजीले २५ र ३७ औँ मिनेटमा गोल गरेको थियो । दोस्रो हाफमा पिएसजीले तीन गोल खायो । उसका लागि केविन भोल्याण्डले ५२ र ६५ औँ मिनेटमा गरि दुई गोल गरे ।

८४ औँ मिनेटमा पाएको पेनाल्टीमा सेस फाब्रिगासले गोल गरि मोनाकोलाई जित दिलाएका हुन् ।

त्यसको एक मिनेट पहिले डानिलो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएर गएपछि पिएसजी १० खेलाडीमा सीमित भयो । पराजित भए पनि शीर्ष स्थानमा रहेको पिएसजीको ११ खेलबाट २४ अंक छ ।

दोस्रो स्थानमा उक्लिएको मोनाकोको समान खेलबाट २० अंक भएको छ ।

Comment here