logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सांसद पाण्डेले आज सपथ लिने


अंकुरण खबर
754
Shares

सभामुख अग्निप्रसाद सापकोटाले आज समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको सपथ गराउने भएका छन्।

संसद सचिवालय सिंहदरबारमा दिउँसो १ बजे आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता पाण्डेलाई सपथ गराउने कार्यक्रम रहेको जनाइएको छ।

कास्कीबाट समानुपातिक सांसद बनेका उद्योगी तथा आमन्त्रित कांग्रेस केन्द्रीय सदस्य सूर्यबहादुर केसीको स्थानमा पाण्डे सांसद बनेका हुन्।

केसीको गत कात्तिकमा निधन भएको थियो।