प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको सिफारिसमा मोहनप्रसाद पाण्डेले संघीय संसद (प्रतिनिधिसभा) सदस्य (सांसद)को शपथ ग्रहण गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्याङ्जा जिल्ला घर भएका पाण्डेलाई समानुपातिक तर्फको खाली रहेको स्थानमा सांसद नियुक्तिका लागि सिफारिस गरेको थियो ।
सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको सांसद पदमा कांग्रेसले पाण्डेलाई सिफारिस गरेको हो । नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका केसीको गत कात्तिक १७ गते निधन भएको थियो ।