logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रत्नपार्कको नाम परिवर्तन नगर्न माग गर्दै राप्रपाले बुझायो ज्ञापनपत्र


अंकुरण खबर
1.378K
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन माग गर्दै काठमाडौं महानगरपालिकालाई  ज्ञापनपत्र बुझाएको छ।

राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वको टोलीले मंगलबार बिहान महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीलाई ज्ञापनपत्र बुझाएको हो।

काठमाडौं महानगरपालिकाले इतिहास मेट्न खोजेको भन्दै राप्रपा काठमाडौंले त्यस्तो कार्य नगर्न सचेत पनि गराएको छ। काठमाडौं उपत्यकाको केन्द्रमा रहेको पार्कको नाम रानी रत्नको नामबाट राखिएको हो।

आम प्रचलनमा रहेको नाम परिवर्तन गर्नु गलत भएको भन्दै राप्रपा काठमाडौंले नाम परिवर्तनको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ।

राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउन र त्यसमा पार्टीले सक्दो सहयोग गर्ने पनि राप्रपाले जनाएको छ।