logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन


अंकुरण खबर
2.327K
Shares

लिजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

म्यारोडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो । अर्जेन्टिनाको स्थानीय मिडियाले म्यारोडोनाको निधन भएको जनाएको छ ।

हृदयघातको कारण उनको घरमै निधन भएको बताइएको छ । दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।

म्याराडोनाले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना अर्जेन्टिनाका महान खेलाडी मानिन्छन् ।