फुटबल जगतका एक महान खेलाडी अर्जेन्टिनी स्टार डिएगो म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भएको छ।
६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको हो। दुई हप्ताअघि मात्रै म्याराडोना मस्तिष्कमा ब्लट क्लट सर्जरीपछि अस्पतालबाट डिस्चार्ज भएका थिए।
विश्वका एक महान खेलाडी म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जितेको थियो।
उनको निधनको खबरले विश्वभरका खेल पारखी निशब्द बनेका छन्, शोकमा डुबेका छन्। म्याराडोनाले संसार छाड्न अघि गत महिना एक अन्तर्वार्तामा लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र केलिएन एमबाप्पेको प्रशंसा गरेका थिए।
उनले मेस्सी र रोनाल्डो अरुभन्दा उत्कृष्ट भएको र उनीहरु जत्तिको कोही हुन नसक्ने बताएका थिए। मेस्सी र रोनाल्डोपछि आफूलाई केलिएन एमबाप्पे मनपर्ने म्याराडोनाको भनाइ थियो।
अर्जेन्टिनाका पूर्व स्टार फुटबलर तथा विश्वकप विजेता डिएगो म्याराडोनाले दुई वर्तमान फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरेका छन्।
म्याराडोनाले भनेका थिए,‘मेस्सी र रोनाल्डो अथवा रोनाल्डो र मेस्सी मेरा लागि उनीहरु अन्यभन्दा उत्कृष्ट खेलाडी हुन्।’
‘कुनै खेलाडी उनीहरुको नजिक पुगेको मैले देखेको छैन। उनीहरुले जे गरे र जे पाए त्यसको आधा गर्नपनि कसैले सक्दैनन्’ उनले भनेका थिए। सो क्रममा म्याराडोनाले आफूलाई बेलायती टोलीविरुद्ध फेरि एकपटक गोल गर्ने चाहना भएको पनि बताएका थिए। एजेन्सी