logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कोरोना संक्रमण


अंकुरण खबर
1.729K
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ।

कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको हो।

लामो समय ठप्प रहेको नेपाली क्रिकेटको बन्द परीक्षण सुरु गर्न खेलाडीहरु र प्रशिक्षक जगत टमाटाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो। जसमा कप्तान मल्ल, उपकप्तान ऐरी र पौडेललाई कोरोना संक्रमण देखिएको हो। बसन्त रेग्मी भने भैरहवामा रहँदै संक्रमित भएका हुन्।

यसैगरी सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर र करण केसीको भने कोरोना परीक्षण हुन बाँकी नै छ। उनीहरु बन्द परीक्षणमा रहनका लागि आइसकेका छैनन्। बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ।

कप्तान मल्लले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी दिएका छन्। आफूले सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै संक्रमित भएको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्। आफूलाई अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको उनले बताएका छन् ।