logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्याय परिषद् सदस्यमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन


अंकुरण खबर
2.145K
Shares

न्याय परिषद् सदस्यमा सिफारिस रामप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन भएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नेपाल बार एसोसिएसनले न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेसँगै श्रेष्ठ ४ वर्षका लागि परिषद्को सदस्य हुने भएका छन् ।

श्रेष्ठ यसअघि पनि न्याय परिषद्‌मा सदस्य भइसकेका व्यक्ति हुन् । नयाँ संविधान बनेपछि उनी कार्यकाल पूरा नगर्दै पदमुक्त बनेका थिए । तर पछि भने बारले उनको नाम सिफारिस गरेन ।

बारबाट सिफारिस भएका रामप्रसाद सिटौलाले गत असोजमा अवकाश पाएपछि बारका तर्फबाट प्रतिनिधित्व हुने सदस्यको पद रिक्त थियो ।