भारतीय विदेश सचिव हर्ष बर्द्धन श्रीङ्ला दुईदिने नेपाल भ्रमण पुरागरि स्वदेश फर्किएका छन् ।
उनि शुक्रबार अपरान्ह स्वदेश फर्किएका हुन् । नेपालमा रहँदा श्रृंगला नेतृत्वको टोली र नेपाली टोलीबीच सचिवस्तरिय वार्ता भएको थियो । वार्ताका क्रममा भारतको सहयोगमा नेपालमा सञ्चालित विकास परियोजनाबारे समेत भ्रमणमा छलफल भएको थियो ।
नेपालमा रहँदा उनले सरकारका पदाधिकारी, मन्त्रीहरू र राजनीतिक दलका नेताहरूसंग भेटवार्ता गरेका थिए । शृंगला विदेश सचिव बनेपछि पहिलो पटक नेपाल भ्रमणमा आएका थिए ।