logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चिनियाँ रक्षामन्त्री आज काठमाडौं आउँदै


अंकुरण खबर
1.274K
Shares

चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेइ फेङ्हे आज (आइतबार ) नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले फेङ्हे भ्रमणबारे शनिवारमात्र औपचारिक जानकारी गराएको हो।

काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् ।

एक दिने भ्रमणका क्रममा फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन्। उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ ।

भारतीय विदेशमन्त्री हर्षवर्धन श्रृङ्गला नेपालको दुई दिने भ्रमण सकाएर फर्किए लगत्तै उत्तरी छिमेकी राष्ट्रबाट उच्च राजनीतिक भ्रमण हुन लागेको हो। नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढ्दै गएको अवस्थामा फेङ्हेको भ्रमणलाई महत्वका साथ हेरिएको छ।