logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता


अंकुरण खबर
871
Shares

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेई फेङ हेबीच बालुवाटारमा भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो। भेटमा आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको छ। आजै वेईले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।

यसअघि चिनीयाँ रक्षामन्त्री वेईले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग वार्ता गरेका थिए। भेटमा दुई जना बीच दुई पक्षीय सुरक्षा, सहयोग र सहकार्यका विषयमा छलफल भएको छ।

भेटअघि जंगी अड्डामा नेपाली सेनाले वेईलाई सम्मान गारद अर्पण गरेको थियो। चिनियाँ रक्षामन्त्री वेईले यसअघि उच्च तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आएको जानकारी दिए।

पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउनु भ्रमणको उद्देश्य रहेको उनले स्पष्ट पारेका छन। उनी आजै काठमाडौंबाट बंगलादेश जानेछन्।