logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समाचार संकलन गर्न गएका पत्रकारलाई बालुवाटारमा प्रवेश निषेध


अंकुरण खबर
1.222K
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारलाई बैठकस्थल (प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार) प्रवेशमा रोक लगाइएको छ ।

सुरक्षाको कारण देखाउँदै प्रवेशद्वारमा तैनाथ सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई भित्र प्रवेश गर्न नदिएका हुन् ।

समाचार संकलनका लागि बैठकस्थल नजिक जान नदिएपछि पत्रकारहरुले विरोध जनाएका छन् । बालुवाटार भित्र छिर्न नदिएपछि पत्रकारहरु अहिले सडकमै रोकिएका छन् ।

पत्रकारहरुले अब बैठकमा भएको निर्णयबारे जानकारी दिन पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सडकमै आउनुपर्ने माग अगाडि सारेका छन् ।

यसअघि पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने भनिएको सचिवालय बैठक सुरक्षा चुनौतीको कारण देखाउँदै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको थियो ।