logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्रिस्टियानो रोनाल्डोलाइ गोल्डेन फुट अवार्ड


अंकुरण खबर
1.443K
Shares

इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन् ।

रोनाल्डोले लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की र मोहमद सलाहलाई पछि पार्दै अवार्ड जितेका हुन् । रोनाल्डोले पहिलो पटक यस अवार्ड जितेका हुन् ।

रोनाल्डो गोल्डेन फुट अवार्ड जित्ने १८ औं खेलाडी बने । मनोनयनमा परेका १० खेलाडीमध्ये रोनाल्डोले सर्वाधिक मत ल्याएका थिए । मनोनयनमा रोनाल्डोे, मेस्सी, लेवान्डोस्की, सलाहसँगै नेयमार, सर्जियो अग्युरो लगायत १० खेलाडी रहेका थिए ।

गत वर्ष यस अवार्ड रियल मड्रिडका लुका मोड्रिचले जितेका थिए । एजेन्सी