logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त


अंकुरण खबर
975
Shares

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोनामुक्त भएका छन् । सन्दीपले सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जनाएका छन् ।

सन्दीपलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास प्रश्वासमा समस्या देखिएपछि सन्दीप गत आइतबार काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका थिए । सन्दीपले १० दिनको आइसोलेसन बसाइपछि कोरोनालाई जितेका हुन् ।

कोरोना मुक्त भएपछि सन्दीपले शीघ्र स्वास्थ्य लाभको कामना गर्ने समर्थकलाई धन्यवाद दिँदै आफू मैदानमा फर्किन हतारमा भएको बताएका छन्। सन्दीपले आफ्नो टिमको लागि राम्रो गर्ने पनि बताएका छन्।

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप अब बिग ब्यास लिग खेल्न अस्ट्रेलिया जानेछन् । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यसपटक भने होबार्ट हुरिकेन्सबाट खेल्नेछन् ।