logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सडकमा देखिएको राजावादीको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि हो : कांग्रेस


अंकुरण खबर
689
Shares

नेपाली कांग्रेसले अहिले सडकमा देखिएको प्रदर्शन सरकारप्रतिको असन्तुष्टि भएको बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको बताएको हो ।

बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार सच्चिएमा सडकमा व्यक्त असन्तुष्टिलाई आफ्नो कोणबाट व्याख्या गर्ने प्रवृत्ति सफल हुन नसक्ने बताए ।

“सरकार सच्चियो भने लोकतान्त्रिक पद्धतीअनुरुप सरकार चल्यो भने कुनै पनि प्रवृत्ति सफल हुन सक्दैन,” उनले भने ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता  रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए ।