राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री दीपक बोहोराले अहिले भइरहेको सडक आन्दोलनमा पार्टीको नैतिक समर्थन रहेको बताएका छन्।
प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा भाग लिएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बोहोराले संविधानप्रति समर्थन हुँदाहुँदै पनि हिन्दू राष्ट्र र राजसंस्थाको मागसहित सडकमा भइरहेको प्रदर्शनमा नैतिक समर्थन रहेको बताए।
बोहोराले भने, ‘संविधान बनाउँदा चौथो ठूलो दल थियो राप्रपा। यही संविधानअन्तर्गत हिन्दू राष्ट्र र राजालाई संसदको मातहत राखेर अगाडि बढ्ने विकल्प दिएका छनैं हामीले। यस्तै सर्वदलीय बैठक राखेर राजासहितको लोकतन्त्र र हिन्दू राष्ट्र कायम गर्ने कुरा प्रस्ताव राखेका थियौं । तर, कसैबाट जवाफ आएन।’
कोरोना महामारीको सन्दर्भमा सरकारक असफल भएको दाबी गर्दै उनले भ्याक्सिन सबै जनतालाई निःशुल्क दिनुपर्ने माग गरे।
बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सडकमा देखिएको आन्दोलन र कोरोना महामारीबारे बोलेका थिए।