कांग्रेसले सरकारविरुद्ध देशव्यापीरुपमा प्रदर्शनमा उत्रिन कार्यकर्तालाई निर्देशन दिएको छ ।
आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले प्रदर्शनलाई देशव्यापी बनाउन जिल्ला सभापतिहरुलाई निर्देशन दिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेललाई तहुँनमा गिरफ्तार गरेको विरोधमा कांग्रेसले मंसिर २९ गते प्रदर्शन गर्न लागेको हो ।
त्यसको तयारीका लागि बसेको पदाधिकारी बैठकले विरोध प्रदर्शनलाई ७७ जिल्लामै प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रतिकात्मक रुपमा सबै जिल्लामा प्रदर्शन गर्न निर्देशन दिइएको जनाएको छ ।
मंसिर २९ गतेको कार्यक्रमलाई सुरुआतका रुपमा लिने र त्यसपछि पनि सरकारविरुद्ध खबरदारी जारी राख्ने निष्कर्ष निकालिएको कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले बताए । देशव्यापी प्रदर्शनपछि थप रणनीति बनाइने उनको भनाइ छ ।