logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसी मिलान र इन्टर मिलानको जित, राफेल बने सबैभन्दा छिटो गोल गर्ने खेलाडी


अंकुरण खबर
897
Shares

इटालियन सिरी ए अन्तर्गत सौसेलोको मैदानमा आइतबार राति सम्पन्न खेलमा शीर्षस्थानको एसी मिलानले २–१ गोलको जित निकालेको छ ।

एसी मिलानको जितमा राफेल लियोले सुरुको छ सेकेन्डमा गोल गर्दै सिरी ए मा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् ।

उनले पियसेन्जाका पाओलो पोग्गीले २००१ मा बनाएको ८.९ सेकेन्डको रेकर्ड ब्रेक गर्दै छ सकेन्डको रेकर्ड कायम गरे । २१ वर्षे पोर्चुगिज फरवार्डले हकान क्याहानोग्लुको पासमा गोल गर्दै अग्रता बनाएका हुन् ।

राफेलको गोलसँगै अग्रता बनाएको मिलानका एलेक्सिजले २६ औं मिनेटमा गोल गरेर घरेलु टिम सौसेलोलाई हराउँदै शीर्षस्थानमा ३१ अंक बनाएको छ । पराजित सौसेलो छैटौं स्थानमा छ ।

त्यस्तै, दोस्रो स्थानमा इन्टर मिलानले घरेलु मैदानमा स्पेजियालाई २–१ गोलले हराएको छ । जितका लागि आर्चिफ हाकिमी र रोमेलु लुकाकूले समान १–१ गोल गरे ।

जितसँगै इन्टरको ३१ अंक छ भने स्पेजिया ११ अंकका साथ १७ औं स्थानमा छ ।

आइतबार रातिको अन्य खेलमा रोमाले एटलान्टासँग ४–१ गोलको हार बेहोरेको छ भने नापोलीले लाजियोसँग २–० गोलको हार बेहोरेको छ ।