नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् विघटनपछि उत्पन्न पछिल्लो अवस्थाबारे संविधानविद् र कानुनविद्हरुसँग परामर्श थालेको छ ।
नेताहरूले सोमबार सिंहदबारमा आफू निकटका कानुनविद् र संविधानविद्सँग छलफल गरेका हुन् । नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे परामर्श गरेको एक कानुन व्यवसायीले बताए ।
छलफलमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए भने कानुन व्यवसायीहरु शम्भु थापा, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चण्डेश्वर श्रेष्ठ लगायत सहभागी थिए ।