नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिन नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाललगायत नेता कांग्रेस कार्यालय सानेपा पुगेका छन् ।
उनीहरु बानेश्वमा आफू पक्षधर सासदहरुको भेला सकाएर त्यसतर्फ गएका हुन् । आजका लागि बोलाइएको संसदीय दलको बैठक भने स्थगित गरेर उनीहरु सानेपा पुगेका हुन् ।
सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा भाग लिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै प्रतिपक्षी दलले चाल्नुपर्ने कदमबारे छलफल गर्न काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
बैठकका लागि जनता समाजवादीलगायत दललाई पनि कांग्रेसले बोलाएको छ । आइतबार संसद विघटन भएपछिको अवस्थाबारे छलफल गरि आवश्यक रणनीति तय गर्ने तयारी नेताहरुको छ ।