logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुम्बाराही पार्टी कार्यालयमा ओलीको समर्थकले लगाए ताला


अंकुरण खबर
1.43K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराही स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएको छ ।

नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली समूहले पार्टी कार्यालयमा ताला लगाएको बताइएको छ ।

आन्तरिक विवादमा फसेको नेकपा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगैं द्वन्द्वको चरम उत्कर्षमा पुगेको छ ।

विवादकै कारण लगभग पार्टी फुटको संघारमै पु्गिसकेको छ । छुट्टा छुट्टै बैठक बोलाएर विभिन्न छलफलमा रहेका ओली र दाहाल-नेपाल फुट नजिक पुगेका छन् ।