नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश र तानाशाही शासक भनेका छन्।
बबरमहालस्थित कार्की पार्टी प्यालेसमा आयोजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बनेदेखि ओली गुटबन्दीमा लागेको बताएका हुन् ।
‘पार्टीलाई भऱ्याङ बनाएर जानुभो, तर पार्टीका लक्ष्य, निर्णयलाई मान्नुभएन, उनले भने, ‘मनपरी ढंगले अघि बढ्नुभो।’
उनले भने,‘पूर्वएमालेमा हुँदा पनि केपी ओलीले गुटबन्दी गरे। छैटौँ महाधिवेशनमा गुटबन्दी गरे, यस्तै सातौँ, आठौँ र नवौँसम्म गुटबन्दी नै गरे। एकता भएपछि सुध्रेला भनेको त फेरि पनि गुटबन्दी गरे ।’