logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पार्टी आधिकारिकताको दाबी गर्दै नेकपाको दाहाल–नेपाल समूह निर्वाचन आयोगमा


अंकुरण खबर
1.04K
Shares

नेकपाको दाहाल–नेपाल समूह पार्टी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेको छ ।

आफूसँग बहुमत केन्द्रीय सदस्य रहेको दाबीसहित उक्त समूहका नेताहरु लिलामणि पोखरेल, सुरेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेका हुन् ।

हिजो मंगलबार बबरमहलस्थित एक पार्टी प्यालेसमा बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकमा नेकपाका ४४१ मध्ये ३१५ जना सदस्य उपस्थित थिए ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो।