logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा पुनर्स्थपना गरेर सरकार बनाउँछौं : प्रचण्ड


अंकुरण खबर
1.599K
Shares

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेता चुनिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विघटित प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने बताएका छन् ।

बानेश्वरमा बुधबार दिउँसो बसेको उक्त समूहको बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर प्रचण्डलाई चयन गरेको थियो ।

सर्वसम्मत रूपमा दलको नेता चुनिएपछि प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापित गरेर सरकार बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिवद्धता छ ‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ परिस्थिति निर्माणमा हामी छौं’ उनले भने ।

प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरु नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरु केही सांसदहरुले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौँ’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’