logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् विघटनको विरोधमा जनकपुरधाममा जसपाको प्रदर्शन


अंकुरण खबर
806
Shares

जनता सामाजवादी पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा जनकपुरधाममा प्रदर्शन गरेको छ।

जनकपुरधाममा जसपाका नेताकार्यकर्ताले आज र्‍याली निकालेका हुन् । जनक चोकबाट सुरु भएको विरोध र्‍याली नगर परिक्रमा गर्दै पुनः जनकचोकमै पुगी कोणसभामा परिणत भएको थियो ।

र्‍यालीमा जसपाका विभिन्न भ्रातृ संघ संगठनका प्रतिनिधि,  जिल्ला,  प्रदेशस्तरका नेता र प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

उनीहरूले केपी ओली मुर्दाबाद, राष्ट्रपति मुर्दाबाद, प्रतिनिधिसभा विघटनको अलोकतान्त्रिक गैरसंवैधानिक कदम खारे गर, ओलीको निरंकुशताविरुद्ध लोकतान्त्रिक शक्तिहरु एकजुट होऊँ लगायतका नारा लगाएका थिए ।

कोण सभामा जसपाका नेताहरुले प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संसद् विघटन गरेर निरंकुश प्रवृत्ति देखाएको बताए ।