नेकपाका दुबै समूहमा नलागेका गृहमन्त्री एवं नेकपा सचिवालय सदस्य राममबहादुर थापा ‘बादल’ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली समूहको बैठकमा सहभागी भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार (आज) बसेको केन्द्रीय समिति बैठकमा बादल सहभागी भएको उक्त समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
ओली समूहमा सहभागी हुने थापा पूर्व माओवादी खेमाका प्रभावशाली नेता हुन् । नेकपामा दुई समूह विभाजित भएसँगै बादल र उपाध्यक्ष वामदेव गौतम कुनै पक्षका बैठकमा सहभागी भएका थिएनन् । बादल ओली पक्षमा लागेपनि वामदेव कतै खुलेका छैनन् ।